+
+

काइँला तामाङ अक्सिजन सिलिण्डरसहित मतदान केन्द्रमा

नवीन ढुंगाना/शंकर गिरी नवीन ढुंगाना/शंकर गिरी
२०७९ वैशाख ३० गते ७:२९

३० वैशाख, भिमढुंगा (काठमाडौं) । एक मतको महत्व कति छ भन्ने देखाउने दृश्य भीमढुंगाको बालबोध माविको मतदान केन्द्रमा देखिएको छ । ९६ वर्षीय काइँला तामाङ अक्सिजन सिलिण्डर लगाएर मतदान गर्न आएका छन् ।

भीमढुंगा मजुवाका उनलाई नाति नमराज तामाङले बोकेर मतदान केन्द्रसम्म ल्याएका थिए । अहिले काइँला तामाङकी पत्नी ८६ वर्षीया काइँली तामाङ पनि छोरा राम तामाङको साथ मतदानस्थल आइपुगेकी छन् ।

काइँला र काइँली तामाङले देश र गाउँको नियम बसाउन र सबैलाई राम्रो होस् भनेर मतदान गर्न आएको अनलाइनखबरलाई बताए । बालबोध माविको मतदान केन्द्रबाट काइँला–काइँली दम्पतीले पहिलो मत खसालेका छन् ।

राम्रोसँग बोल्न समेत नसक्ने अवस्थाका काइँला तामाङले गत निर्वाचनमा आफ्नो मत खेर नगएको बताए । यस पटक पनि राम्रो मान्छेलाई मत दिने उनको भनाइ छ ।

 हेर्नुस् तस्वीरहरु :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?