
३० वैशाख, दार्चुला । दार्चुलाको व्यास गाउँपालिका-१ को तिङ्करमा मतदान सकिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मका गुल्मपति धीरेन्द्र शाहका अनुसार तिङ्करमा १३६ जना मतदाताले मतदान गरेका छन् ।
मोती महिला संघ आधारभूत विद्यालय तिङ्कर मतदान केन्द्रमा ७३ जना पुरुष र ६३ जना महिला मतदाताले मतदान गरेका हुन् । तिङ्कर गाउँ चीनको सीमा नजिकै अवस्थित छ ।
वडा नम्बर १ कैलाशपति आधारभूत विद्यालय छाङ्गरुमा मतदान अन्तिम चरणमा पुगेको छ । अहिलेसम्म छाङ्गरुमा २०९ जनाले मतदान गरेका छन् । यो केन्द्रमा ३७५ जना मतदाता रहेका छन् ।
यी दुवै गाउँका मतदाता एकसाता अघि मात्रै भारतीय बाटो हुँदै छाङ्गरु तिङ्कर बसाइ सरेका थिए । यहाँका स्थानीय छ महिना सदरमुकाम खलंगा र छ महिना छाङ्गरु तिङ्कर बसाइ सर्ने गर्छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4