+
+

मकवानपुरमा ६० प्रतिशत मतदान

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३० गते १९:००

३० वैशाख, हेटौंडा । मकवानपुरमा स्थानीय तह निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार दिउँसो परेको पानीले गर्दा केही समस्या भएपनि साँझसम्म मतदाता मतदान गर्न लाइनमै थिए ।

हेटौंडा उपमहानगरको केही वडामा लाइन बसेकाहरु बाँकी नै भएका कारण ५ बजेपछि पनि मतदन भइरहेको छ । अन्य ९ वटा पालिकामा निर्वाचन सकिएको छ ।

मतदान प्रक्रिया जारी रहेकोले पूर्ण तथ्यांक आउन बाँकी रहेको उनले बताए । निर्वाचन केन्द्रमा ज्येष्ठ नागरिक, अशक्त, अपांगता भएका व्यक्तिहरुलाई प्राथमिकताका साथ मतदानको व्यवस्था गरिएको थियो ।

प्रमुख निर्वाचन अधिकृत श्रेष्ठका अनुसार आजै सबै स्थानीय तहमा मतगणना सुरु हुनेछ । स्थानीय तहमा मतगणना स्थलको तयारी समेत पूरा भइसकेको छ भने अहिले मतदान केन्द्रहरुबाट मतपेटिका संकलन गरी मतगणना स्थमा ल्याउने तयारी भइरहेको बताए ।

मकवानपुर जिल्लामा २ लाख ९४ हजार ९ सय १९ मतदाता रहेका छन् भने जिल्लामा मतदानको लागि ३ सय ५६ मतदान केन्द्रको व्यवस्था गरिएको थियो ।

जिल्लामा सबैभन्दा बढी मतदाता हेटौंडा उपमहानगरपालिकामा १ लाख ४ हजार ४ सय ७३ र सबैभन्दा कम इन्द्रसरोबर गाउँपालिकामा १२ हजार ४ सय ७१ रहेका छन् ।

मकवानपुरमा प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी कुल १ हजार ९सय ३२ जना उम्मेदवार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?