३१ बैशाख, दाङ । दाङका तीनवटा पालिकामा मत गणना सुरु भएको छ ।
लमही नगरपालिकामा आज बिहान ६ बजेबाट मतगणना सुरु भएको छ । एकैपटक तीन स्थानमा गणना गरिने निर्वाचन अधिकृत कार्यालयले जनाएको छ । पहिलो चरणमा वडा नम्बर १, ५ र ९ काे मतगणना हुनेछ । लमहीमा ७४.५८ प्रतिशत मत खसेको छ । कुल ३४ हजार ३८२ मतदाता रहेको लमहीमा २५ हजार ६४१ मत खसेको हो ।
त्यस्तै राप्ती गाउँपालिकामा गए राति १२ बजेदेखि नै मत गणना सुरु गरिएको छ । अहिले मत गणना जारी छ । राप्तीमा ३२ हजार ३२३ मध्ये २३ हजार ५१८ मत खसेको छ ।
त्यस्तै बबईमा गाउँपालिकामा पनि बिहान २ बजेदेखि मतगणना सुरु गरिएको छ । २२ हजार १४४ मतदाता मध्ये १५ हजार ४२४ मत खसेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4