
३१ वैशाख, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकमा वडानम्बर-२ र ३ को वडाअध्यक्षमा नेपाली कांग्रेस विजयी भएको छ ।
वडानम्बर-२ मा नेपाली कांग्रेसका हिराबहादुर थापा निर्वाचित भएका छन् । थापाले ४८२ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका हिमाल कुँवरले ३९० मत ल्याएर पराजित भएका छन् । यो वडामा यो वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
त्यस्तै नगरको वडानम्बर-३ मा नेपाली कांग्रेसका बाबुराम खत्री वडाअध्यक्षमा निर्वाचित भएका छन् । खत्रीले ५९० मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका मानबहादुर घर्तीले ५४८ मत ल्याएर पराजित भएका छन् । यो वडामा यो वडामा ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका थिए ।
नरपालिकाको मेयरमा पनि कांग्रेसकै अग्रता रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4