+
+

प्युठानको सरुमारानी गाउँपालिका–६ मा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ९:३३

३१ वैशाख, प्युठान । प्युठानको सरुमारानी गाउँपालिका वडा नम्बर ६ तिरामको वडाध्यक्षमा एमालेका २८ वर्षीय तील बहादुर बुढाको प्यानल विजयी भएको छ ।

विजयी बुढाले ६ सय ९५ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी पाँच दलीय गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका बोम बहादुर पुनले ४ सय ४३ मत प्राप्त गरे ।

महिला सदस्यमा एमालेका एनुका राहुं, दलित महिला सदस्यमा एनुका विक तथा खुला सदस्यमा नम बहादुर उलुङ्गे र खड्ग बहादुर महरा विजयी भए ।

उक्त वडाबाट गाउँपालिका अध्यक्ष पदको लागि एमाले ६ सय ९२ र उपाध्यक्षमा ६ सय ८८ मत ल्याएर अग्रता कायम गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?