+
+

सल्यानको बागचौरमा माओवादीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:४१

३१ वैशाख, सल्यान । सल्यानको बागचौर नगरपालिकामा मावादी केन्द्रले सुरुआती अग्रता लिएको छ। २०० मत गणना हुँदा माओवादीका मेयर उम्मेदवार कृतिबहादुर पुनले ९५ मत ल्याएका छन् ।

माओवादीलाई कांग्रेसका जनकराज गौतमले ७२ मत ल्याएर पछ्याइरहेका छन् भने एमालेका तिलकबहादुर मल्ले २९ मत मात्रै ल्याएका छन् ।

उपमेयरमा पनि माओवादीकी सुम्निमा डिसी वलीले १०३ मतका साथ अग्रता लिएकी छन् भने कांग्रेसकी दीपा बस्नेतले ७० मत ल्याएकी छन् । एमालेकी भक्तकुमारी बीएम केसीले २२ मत ल्याएर तेस्रो स्थानमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?