+
+

माधव नेपालको गृह नगरमा एकीकृत समाजवादीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते ११:५९

३१ वैशाख, रौतहट । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीले अग्रता लिएको छ । एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका छन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् ।

उपमेयरमा पनि एकीकृत समाजवादीकै अग्रता छ । गौर एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगर हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?