+
+

धोविनी गाउँपालिका-१ को वडाध्यक्षमा कांग्रेसका बन्धु साह तेली विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते १३:०९

३१ वैशाख, वीरगञ्ज । स्थानीय तहको निर्वाचन अन्तर्गत पर्सामा नेपाली कांग्रेसले पहिलो जित निकालेको छ । धोबिनी गाँउपालिकाको-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बन्धु साह तेली ५ सय ७४ मत ल्याएर विजयी भएका हुन् ।

निर्वाचन अधिकृत कैलाश दाहालका अनुसार जनता समाजवादी पार्टी (जसपा) का ललन राउत कुर्मीले ४ सय ७७ मत ल्याएर दोस्रो भए ।

एक खुल्ला सदस्यबाहेक वडा सदस्यमा सबै कांग्रेसका उम्मेदवार विजयो भएका छन् । महिला वडा सदस्यमा शोभावती देवी (४८७), दलित महिला सदस्यमा शारदा देवी पासवान (४८९), खुल्ला सदस्यमा शिवकुमारी देवी कुर्मी (४८४) विजयी भएका छन् ।

एक खुल्ला सदस्यमा भने जसपाका विरेन्द्र राउत कुर्मी (४८५) निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?