
फाइल तस्वीर
३१ वैशाख, काठमाडौं । धरान उपमहानगरपालिका-१ को १०० मत गणना हुँदा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले अग्रता लिएका छन् ।
साम्पाङले ३३, गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले ३१, एमालेकी मञ्जु भण्डारीले १६ र राप्रपाका नरेश शाक्यले ३ मत पाएका छन् ।
यसैगरी उपमेयरमा माओवादी केन्द्रका आईन्द्रविक्रम बेघाले ३३, एमालेका पदम लिम्बुले १८ मत प्राप्त गरेका छन् ।
यसैगरी धरान-२ मा १०० मत गन्दा मञ्जु भण्डारीले २०, किशोर राईले ४०, हर्क साम्पाङले २५ र नरेश शाक्यले ५ मत प्राप्त गरेका छन् । उपमेयरमा आइन्द्रविक्रम बेघाले ४३, पदम इस्बोले २६ र राप्रपाले ३ मत पाएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4