+
+

सप्तरीको रुपनी गाउँपालिकाको स्थगित निर्वाचन जेठ २ गते हुने

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते २०:०३

३१ वैशाख, सप्तरी । सप्तरीको रुपनी गाउँपालिकामा स्थगित भएको निर्वाचन जेठ २ गते हुने भएको छ । गाउँपालिकाको वडा नम्बर ५ बसबिट्टीस्थित मतदान केन्द्रमा शुक्रबार झडप भएपछि निर्वाचन स्थगित गरिएको थियो ।

जनता समाजवादी पार्टीका कार्यकर्ताले धाँधली गरेको भन्दै नेपाली कांग्रेसका कार्यकर्ताले विरोध जनाएपछि झडप हुँदा मतदान स्थगित गरिएको थियो । झडपलाई नियन्त्रणमा लिन प्रहरीले ५ राउण्ड हवाई फायर समेत गरेको थियो ।

शनिबार गाउँपालिका कार्यालयमा बसेको सबै दलका उम्मेदवार, प्रतिनिधि, निर्वाचन अधिकृत, प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा अधिकारीको बैठकले जेठ २ गते बिहान ७ बजेदेखि उक्त ठाउँमा मतदान गर्ने निर्णय गरेको निर्वाचन अधिकृत कुमार मास्केले जानकारी दिए ।

यस्तै डाक्नेश्वरी नगरपालिका-२ स्थित जनता मावि हरिरवा मतदान केन्द्रमा स्थगित भएको निर्वाचन पनि २ गते नै हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?