+
+

काठमाडौंको मत अपडेट : बालेनलाई अग्रता, स्थापित दोस्रो स्थानमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ३१ गते २३:०७

३१ वैशाख, काठमाडौं । काठमाडौं महानगरपालिकाको नयाँ मत परिणाम सार्वजनिक भएको छ । जस अनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवार बालेन साहले अग्रता कायम राखेका छन् ।

उनले ७६८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका उम्मेदवार केशव स्थापितले ५५० र नेपाली कांग्रेसकी उम्मेदवार सिर्जंना सिंहले ४२१ मत पाएकी छन् ।

त्यस्तै राप्रपाका उम्मेदवार मदनदास श्रेष्ठले १०५ र विवेकशील साझा पार्टीकी समीक्षा बाँस्कोटाले १६ मत पाएका निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनीता डंगोलले ९२० मत पाएकी छन् भने नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २८६ मत पाएका छन् । राप्रपाकी विनिता मगौयाले २०८ मत पाएकी छन् ।

निर्वाचन कार्यालयका अनुसार हाल काठमाडौं महानगरपालिकाको ५ वटा वडाको मतगणना भइरहेको छ । जसमध्ये वडा नम्बर ३२ को ७००, वडा नम्बर १ को ७१०, वडा नम्बर २ को ४८०, वडा नम्बर ३ र ४ को २००–२०० मत गणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?