+
+

बुटवल उपमहानगरको मेयरमा कांग्रेस र उपमेयरमा एमालेको अग्रता

टोपराज शर्मा टोपराज शर्मा
२०७९ जेठ १ गते ७:४७

१ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् ।

आइतबार बिहान ५ बजेसम्म ५ हजार ७७ मत गणना हुँदाको परिणाम अनुसार पाण्डेयले २२१४ मत प्राप्त गर्दै अग्रता कायम गरेका छन् ।
बुटवलमा वडा नंं १ को मत गणना सकिएको छ भने २ र १९ को मत गणना जारी छ ।

नेकपा एमालेका बाबुराम भट्टराईले १३१२ मत पाएका छन् । तेस्रो स्थानमा राप्रपाका मृगेन्द्र शेरचनले ६१३ मत पाएका छन् ।

उपमेयरमा भने नेकपा एमालेकी साबित्रादेवी अर्यालले १४८२ मत ल्याएर अग्रता लिएकी छन् । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका चीनबहादुर गुरूङले १२८१ मत पाएका छन् । राप्रपाकी भगवति पाण्डेले ८०४ मत पाएकी छन् ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?