+
+

धरानमा कांग्रेसको अग्रता, एमालेभन्दा स्वतन्त्र उम्मेदवार अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ८:५०

१ जेठ, सुनसरी । धरान उपमहानगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उम्मेदवार किशोर राईले अग्रता लिएका छन् । तीन हजार  ९०० मत गणना हुँदा उनले एक हजार ३८९ मत प्राप्त गरेका हुन्।

उनलाई स्वतन्त्र उम्मदेवार हर्क साङ्पाङले पछ्याइरहेका छन् । उनले एक हजार २८ मत प्राप्त गरेका छन् । नेकपा एमालेकी उम्मेदवार एमालेकी मञ्जु भण्डारीले ७८९ पाएकी छिन् ।

धरानमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले तालमेल गरेका छन् ।

उपप्रमुखतर्फ पनि नेकपा माओवादी केन्द्रका आइन्द्र बेघाले एक हजार ६०३ मत प्राप्त गरेका छन्। उनलाई एमालेका पदम लिम्बुले झिनो मतले पछ्याइरहेका छन् । उनले २२१ मत मात्रै प्राप्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?