+
+

बुटवल उपमहानगरपालिका-२ मा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते ११:१५

१ जेठ, बुटवल । बुटवल उपमहानगरपालिका-२ को अध्यक्षमा नेकपा एकीकृत समाजवादीका सुनिल शाक्य विजयी भएका छन् ।

शाक्यले नेकपा एमालेका रमेश नेपाललाई ३४ मत अन्तरले पछि पार्दै निर्वाचित भएका हुन् । शाक्यले ९०९  मत पाएका छन् भने नेपालले ८७५ मत ल्याए ।

नेपाल यसअघि दुईपटक वडाध्यक्ष भइसकेका हुन् । बुटवलमा मेयर र उपमेयरमा पाँच दलीय गठबन्धन भए पनि वडा तहमा एक्लाएक्लै चुनाव लडेका छन् । यसअघि बुटवलको वडा नम्बर १ मा कांग्रेसका बागी उम्मेदवार नरेन्द्र बस्नेत विजयी भइसकेका छन् । १९ वटा वडा रहेको बुटवलमा अहिले वडा नम्बर १९ को मतगणना जारी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?