+
+

भरतपुर-१ को वडाध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:०२

१ जेठ, चितवन । भरतपुर महानगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका केशव महर्जन विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार बनेका उनले १ हजार ३९७ मत प्राप्त गरेका छन् ।

उनका प्रत्यासी नेकपा एमालेका उम्मेदवार शुक्रकुमार श्रेष्ठले १ हजार ३१३ मत पाए । वडामा वडाध्यक्षसहित दुई सदस्य कांग्रेस र तीन सदस्य एमालेले जितेको छ ।

वडा नम्बर १ मा २०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि कांग्रेस विजयी भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?