+
+

बाँकेको खजुरा-१ मा कांग्रेसका मनवीर क्षेत्री विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १२:२४

१ जेठ, नेपालगञ्ज । बाँकेको खजुरा गाउँपालिकाको वडा नम्बर १ मा कांग्रेस-माओवादी गठबन्धनका कांग्रेस उम्मेदवार मनवीर क्षेत्री निर्वाचित भएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा खजुरा–१ मा एमालेका सुमन मल्ल विजयी भएका थिए ।

एमालेको पकड मानिने १ नम्बर वडामा यसपटक कांग्रेसका मनवीर क्षेत्री १८५ मत अन्तरले विजयी बनेका छन् ।

जितपछि क्षेत्रीले वडावासी सम्पूर्ण जनतालाई धन्यवाद दिंदै वडाको विकासमा लाग्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?