+
+

चितवनको कालिका नगरपालिकामा कांग्रेसलाई अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १७:५१
फाइल तस्वीर

१ जेठ, चितवन । कालिका नगरपालिकाको मेयरको मत गणनामा एमालेलाई सत्ता गठबन्धनका उम्मेदवार शिवराम केसीले पछाडि पारेका छन् । यसअघि एमालेले अग्रता लिइरहेको कालिकामा ७ हजार ९७ मत गणना गर्दा कांग्रेसले अग्रता लिएको हो।

एमालेका मेयर उम्मेदवार विनोद रेग्मीले ३ हजार ५५ मत पाएका छन् भने गठबन्धनबाट कांग्रेसका शिवराम केसी ३ हजार १०१ मत ल्याएका छन् । अहिले वडा नम्बर २, ३, ४ र ९ को गणना भइरहेको छ । वडा नम्बर २ मा एमालेको अग्रता छ भने बाँकी वडामा कांग्रेसको अग्रता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?