+
+

डोटीका ६५ मध्ये ३० वडाको मत परिणाम सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ १ गते १९:३८

१ जेठ, डोटी । डोटीका ६५ वडामध्ये ३० वडाको मत परिणाम सार्वजनिक भएको छ ।

मत परिणाम अनुसार नेपाली कांग्रेसले १८ वटा वडामा जित हासिल गरेको छ । नेकपा एमालेले आठ, नेकपा माओवादी केन्द्रले तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक वडामा जितेका छन् ।

प्राप्त नतिजा अनुसार बोगटान फुड्सिल गाउँपालिकामा कांग्रेसले तीन, एमालेले दुई र माओवादी केन्द्रले एक वडाध्यक्ष जितेको छ । फुड्सिलको वडा नम्बर ७ को परिणाम आउन बाँकी छ । आदर्श गाउँपालिकामा कांग्रेसले चार र एमालेले एक वडामा जित हासिल गरेका छन् भने दुई वडा गणना हुन बाँकी छ ।

सायल गाउँपालिकामा दुई वडा कांग्रेस र एक वडा एमालेले जितेको छ । यस गाउँपालिकामा तीन वडा गणना हुन बाँकी छ । बडीकेदार गाउँपालिकामा कांग्रेस दुई, एमाले दुई र माओवादी केन्द्रका उम्मेदवार एक वडामा विजयी भएका छन् । बडीकेदार गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष समेत कांग्रेसले जितेका छन् ।

जोरायल गाउँपालिकामा एमालेले दुई र कांग्रेसले एक वडा जितेका छन् । यो गाउँपालिकामा तीनवटा वडाको मत गणना हुन बाँकी छ । पूर्वीचौकी गाउँपालिकामा कांग्रेसले तीन वडामा जित हासिल गरेको छ । चार वडाको गणना हुन बाँकी छ ।

यसैगरी शिखर नगरपालिकाका दुई वडामा कांग्रेसले जित हात पारेको छ । नौ वडामा गणना गर्न बाँकी छ । दिपायल सिलगढी नगरपालिकाको एक वडामा कांग्रेस विजयी भएको छ । आठवटा वडाको गणना हुन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?