
१ जेठ, काठमाडौं । भरतपुर महानगरपालिकामा एमालेका विजय सुवेदीले अग्रता कायम गरेका छन् । ताजा मत परिणमअनुसार उनले २ हजार ६९३ मत पाएका छन् ।
माओवादी केन्द्रकी रेनु दाहालले २ हजार ६७९ मत ल्याएर सुवेदीलाई पछ्याइरहेकी छिन् । सुवेदी र दाहालबीच १४ मतको अन्तर छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ८६२ मत पाएका छन् ।
उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारी २ हजार ९५३ मत ल्याएर अग्रता कायम गरेका छन् । राप्रपाका हिमला गुरुङले २ हजार १६२ मत ल्याएर अधिकारीलाई पछ्याइएरहेकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4