+
+

चितवनको माडीमा रोकिएको मतगणना अझै सुरु भएन

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ९:०४

२ जेठ, चितवन । चितवनको माडी नगरपालिकामा हिजो साँझबाट रोकिएको मतगणना अझै अगाडि बढ्न सकेको छैन ।

माडीको वडा नं. ७ र वडा नं. ३ को गणना सुरू गर्ने क्रममा मतगणना रोकिएको हो । माडी-३ को रतनी धोबाहा बुथमा मतपेटिकाको सिल काटी नयाँ सिल लगाएको पाइएको भन्दै नेकपा (माओवादी केन्द्र)ले मतगणना रोक्न र पुनः मतदान गर्न माग गर्दै निर्वाचन कार्यालय माडीमा आवेदन गरेसँगै मतगणना रोकिएको हो ।

त्यसलगत्तै राप्रपाका कार्यकर्ताहरुले माडी-३ मा निर्वाचन आयोगका कर्मचारीहरुले मतपेटिका साटेको र सिल तोडेको आरोप लगाउँदै नाराबाजी गरेका थिए । उनीहरुले माडी- ३ मा पुनः मतदानको माग गर्दै चर्को बिरोध गरेका हुन् ।

समस्या समाधानका लागि सर्वदलीय बैठक बस्ने र निर्वाचन आयोगको माथिल्लो निकायसँग परामर्श गरी प्रचलित कानुन बमोजिम समाधानको सहजीकरण खोज्ने निर्वाचन अधिकृत चूडामणि शर्मा गौतमले बताए ।

सोमबार दिउँसो पनि मतगणनाका क्रममा विवाद भएपछि माडीमा केहिबेर गणना स्थगित भएको थियो । माडीमा एमालेकी ताराकुमारी काजी महतोले मेयरमा अग्रता कायम गरेकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?