+
+

कपिलवस्तुमा दुई महिला वडा अध्यक्षमा निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १०:३३

२ जेठ, कपिलवस्तु । कपिलवस्तु जिल्लामा सार्वजनिक भएको हालसम्मको मत परिणाम अनुसार दुई महिलाले वडा अध्यक्ष जितेका छन् ।

जिल्लाको शिवराज नगरपालिका वडा नम्बर १० मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का तर्फबाट मन्जु मिश्रले चुनाव जितेकी छन् ।
उनले ७ सय ५९ मत प्राप्त गरी चुनाव जितेकी हुन् ।

उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार देवराज भारतीले ७०४ मत प्राप्त गरे भने एमालेका कपिलदेव कुर्मीले १८३ मत प्राप्त गरे । मिश्रले यसअघि २०७६ मंसिर १४ गतेको स्थानीय तहको उपनिर्वाचनमा वडा अध्यक्ष जितेकी थिइन् ।

यसैगरी कपिलवस्तु जिल्लाको यशोधरा गाउँपालिकाको वडा नम्बर ३ मा नेपाली कांग्रेसकी सरिता त्रिपाठीले वडा अध्यक्ष जितेकी छन् । त्रिपाठीले ५७९ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका जीवनलाल कलवारले ३७८ मत प्राप्त गरे भने जनता समाजवादी पार्टीका गुड्डु बनियाले ३५५ मत प्राप्त गरे । त्रिपाठीले २०७४ को स्थानीय तहको निर्वाचनमा पनि वडा अध्यक्ष जितेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?