+
+

संखुवासभाको सिलिचोङ गाउँपालिकामा नेपाली कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते ११:५९

२ जेठ, संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसका भुपालराज मेवाहाङ विजयी भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा विजयी मेवाहाङ २ हजार २०३ मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका योगेन्द्र कुलुङले २ हजार ९ मत ल्याएर पराजित भएका छन् । माओवादीका कुलुङ दोस्रो पटक पराजित भएका हुन् । कुलुङ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका रामबहादुर कुलुङसँग पराजित भएका थिए ।

उपाध्यक्षमा कांग्रेसकै देबिता कुलुङ विजयी भएकी छन् । उपाध्यक्ष कुलुङले २ हजार ७५ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रकी देवीकुमारी मेवाहाङले १ हजार ७७० मत ल्याएकी छन् ।

सिलिचोङ गाउँपालिका यस अघि पनि कांग्रेसले अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको थियो ।

सिलिचोङका ३ वडामा कांग्रेसले जितेको छ । वडा २ मा नेपाली कांग्रेसका मोहन समशेर कुलुङ विजयी भएका छन् । उनी यस अघिका वडाध्यक्ष हुन् । वडा ३ मा कांग्रेसकै प्रतापसिंह तामाङ र वडा नम्बर ४ मा देवेन्द्र बान्तवा राई विजयी भएका छन् ।

सिलिचोङमा वडा नम्बर १ र ५ माओवादी केन्द्रले जितेको छ । वडा नम्बर १ को अध्यक्षमा माओवादी केन्द्रका गणेश कुलुङ ६१६ मत मत ल्याएर विजयी भएका छन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका अरुण संगमले ५१२ मत ल्याएका छन् । वडा नम्बर ५ मा माओवादीका ईश्वर राई विजयी भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?