
काठमाडौं । कार्तिक आर्यन र कायरा आडवाणी स्टारर बलिउड फिल्म ‘भुलभुलैया २’ आगामी शुक्रबार नेपालमा रिलिज हुने निश्चित भएको छ ।
एप्पल इन्टरटेनमेन्टले फिल्मको नेपाल राइट खरिद गरेको हो । सोमबार अनलाइनखबरसँग कुरा गर्दै एप्पल व्यवस्थापक जेनिस पहारीले यो सुपरन्याचुरल र हरर फिल्मलाई शुक्रबार प्रदर्शन तय गरिएको जानकारी दिइन् ।
टी सिरिजले निर्माण गरेको यो फिल्म सन् २००७ कै फिल्म भुलभुलैयाकै दोस्रो सिक्वेल हो । फिल्ममा तब्बु, राजपाल यादव, संजय मिश्रा लगायतको समेत अभिनय छ । अनिस बाज्मीले फिल्मलाई निर्देशन गरेका हुन् ।
एप्पलले वितरण गरेको अघिल्लो फिल्म ‘डक्टर स्ट्रेन्ज २’ले नेपाली बक्सअफिसमा उत्साहजनक कमाइ गरेको छ । आइतबारसम्म ३ करोड ९१ लाख ग्रस कमाइ गरेको फिल्मले मंगलबारसम्म ४ करोडभन्दा बढी कमाइ गर्ने अपेक्षा गरिएको छ ।
एप्पल वितरित ‘स्पाइडरम्यान : नो वे होम’ले ७ करोड ३० लाख रुपैयाँ ग्रस कमाइ गरेको थियो ।
प्रतिक्रिया 4