+
+

सप्तरीका दुई पालिकामा जनमत पार्टीको अग्रता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते १६:५१
वीरेन्द्र माझी र खेमचन्द्र यादव

२ जेठ, सप्तरी । सप्तरीका दुई पालिकामा जनमत पार्टीले अग्रता लिएको छ । हनुमाननगर कंकालिनी नगरपालिका र बलान बिहुल गाउँपालिकामा जनमतका उम्मेदवारले अग्रता लिएका छन् ।

हनुमाननगर कंकालिनीमा जनमतका मेयर उम्मेदवार वीरेन्द्र माझीले सुरुवाती अग्रता लिएका छन् । जारी मतगणनाको पछिल्लो परिणाम अनुसार माझीले जसपाका उम्मेदवार शैलेश साहलाई एक हजारभन्दा बढी भोटले पछाडि पारेका छन् । माझीले ४ हजार ७ सय ९१ मत पाउँदा साहले ३ हजार ७ सय ६७ मत पाएका छन् ।

बलान बिहुल गाउँपालिकाको अध्यक्षमा जनमतका उम्मेदवार खेमचन्द्र यादवले अग्रता लिएका छन् । पछिल्लो नतिजा अनुसार यादवले ५ सय ६१ मत पाउँदा नेकपा एमालेका अरुण गोइतले ४ सय ८२ मत पाएका छन् ।

कञ्चनरुप नगरपालिकाको अध्यक्षमा जनमतका इन्द्रदेव कगोडिया यादव दोस्रो स्थानमा छन् । पछिल्लो परिणाम अनुसार पहिलो नम्बरमा नेपाली कांग्रेसका उम्मेदवार ललनप्रसाद गुप्ताले १५ सय २८ मत ल्याएर अग्रता लिँदा जनमतका उम्मेदवार यादव १३ सय २६ मतसहित दोस्रो स्थानमा छन् ।

हनुमाननगर कंकालिनी नगरपालिका-१ मा जनमत पार्टीको प्यानल नै निर्वाचित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?