
Photo Credit : अध्यक्षमा विजयी छिरिङ क्याप्ने लामा र पराजित सोनामछिरिङ लामा ।
२ जेठ, मुगु । मुगुम कार्मारोंग गाउँपालिकाको अध्यक्षमा पुन: नेपाली कांग्रेसका छिरिङ क्याप्ने लामा विजयी भएका छन् ।
उनले एमालेका सोनाम छिरिङ लामालाई ९० मतले पराजित गर्दै दोस्रो पटक गाउँपालिका अध्यक्षमा विजयी भएका हुन्।
छिरिङ क्याप्नेले १५७१ मत ल्याएका छन् । उनका प्रस्पर्धीले १४८१ मत पाए ।
२०७४ को स्थानीय तहको निर्वाचनमा पनि क्याप्ने र सोनाम नै प्रतिसपर्धी थिए । त्यसबेला पनि छिरिङ क्याप्नेले सोनामलाई पारजित गरेका थिए ।
यस्तै, उपाअध्यक्षमा भने एमालेकी छिरिङ पुटिक तामाङले १५६१ मत प्राप्त गरी विजयी भएकी छन् । उनका प्रतिस्पर्धी माओवादीका गुरु स्यङ्ग्याप लामाले १३८५ मत पाए ।
यो गाउँपालिकामा कांग्रेसले ५ र एमालेले ४ वडामा जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4