+
+

प्यूठानको मेयरमा माओवादीका विष्णुबहादुर योगी निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २२:४२

२ जेठ, प्यूठान । प्यूठानको प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्रका विष्णुबहादुर योगी निर्वाचित भएका छन् ।

उनले नौ हजार ३२३ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका विजय विराज विष्टले सात हजार ८१६ मत ल्याएका छन् ।

यसैगरी उपमेयर पदमा कांग्रेसका देवेन्द्र बर्मा निर्वाचित भएका छन् । उनले नौ हजार ४९० मत ल्याएका हुन् । उनका निकटतम प्रतिस्पर्धी एमालेका पवित्रा जिसीले सात हजार १८२ मत पाएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?