२ जेठ, गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लोकप्रसाद बञ्जरा बिजयी भएका छन् ।
प्रतिस्पर्धी उम्मेदवार नेपाली कांग्रेसका रोशन गुरुङलाई ४७५ मत अन्तरले हराउदै बञ्जरा बिजयी भएका हुन् । बञ्जराले ५ हजार ६५१ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी गुरुङले ५ हजार १७६ मत ल्याए ।
उपाध्यक्षमा नेपाली कांग्रेसकी अमृतादेवी वस्ती निर्वाचित भएकी छन् । उनले ५ हजार १४७ मत ल्याएकी छन् भने उनकी प्रतिस्पर्धी उम्मेदवार माओवादी केन्द्रकी जुनुमाया श्रेष्ठले ४ हजार ९२७ मत ल्याएकी छन् ।
आठ वटा वडा रहेको उक्त पालिकामा माओवादी केन्द्रले पाँच र कांग्रेसले तीन वडा जितेको छ । वडा नम्वर १, ५, ६, ७ र ८ माओवादी केन्द्र र वडा नम्वर २, ३ र ४ कांग्रेसले जितेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4