+
+

बागलुङको काठेखोला ३ मा एमालेका कुलबहादुर विक निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ २ गते २३:१५

२ जेठ, बागलुङ । बागलुङको काठेखोला गाउँपालिका–३ मा नेकपा एमालेका उम्मेदवार कुलबहादुर विक विजयी भएका छन् ।

विक गाउँपालिकाको वडाअध्यक्षमा दलित समुदायका एक्ला उम्मेदवार हुन् ।

विकले गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका उम्मेदवार यामबहादुर श्रीषलाई ३ सय ४९ मतको अन्तरले पराजित गर्दै विजयी भएका हुन् । विकले ९ सय ६ मत प्राप्त गर्दा उनका निकतम प्रतिद्वन्द्वी श्रीषले ५ सय ५७ मत प्राप्त गरेको निर्वाचन अधिकृत चुर्णबहादुर कार्कीले बताए ।

वडाको २ हजार एक सय मतदातामध्ये १५ सय १ मत खसेको थियो ।

तीन दशकदेखि राजनीतिमा सक्रिय विक नेकपा एमालेका प्रदेश सदस्य हुन् । आफू पदस्थापना भएसँगै पहिलो निर्णयको रुपमा निम्न वर्गीय परिवारको लागि उपचार, शिक्षा लगायत अन्य सुविधा प्रवाह गर्न अध्यक्ष राहात कोषको घोषणा गर्ने विकले बताएका छन् ।

विकसँगै दलित महिला सदस्यमा विष्णु विक, महिला सदस्यमा टुल्कीदेवी खड्का, खुल्ला सदस्यमा दिपेन्द्र खत्री र प्रेम घर्ती विजयी भएका छन् ।

काठेखोलामा वडा नम्बर एकमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका खड्ग थापा र २ मा एमालेको विद्यापति शर्मा प्यानलसहित विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?