
३ जेठ, बुटवल । रुपन्देहीको बुटवल उपमहानगरपालिकाको मेयर पदमा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार खेलराज पाण्डेयले मतान्तर बढाउँदै लगेका छन् ।
उपमहानगरका १९ मध्ये ७ वटा वडाको मत गणनाको परिणाम अनुसार नेपाली कांग्रेसका खेलराज पाण्डेय २९ सय ४६ मतले अगाडि छन् ।
१८ हजार ७ सय २६ मत गनिसक्दा खेलराजले ८ हजार ९ सय २६ मत पाएका छन् भने एमालेका बाबुराम भट्टराईले ५ हजार ९ सय ८० मत पाएका छन् । राप्रपाका मृगेन्द्र शेरचनले १७ सय ६४ मत पाएका छन् ।
उपमेयरमा भने एमालेकी सावित्रादेवी अर्यालको अग्रता कायमै छ । उनले ६ हजार ६२८ मत पाउँदा गठबन्धनका उम्मेदवार एकीकृत समाजवादीका चिनबहादुर गुरुङले ५ हजार ४८ मत पाएका छन् । राप्रपाकी भगवती पाण्डेले २३ सय ६३ मत ल्याएकी छन् ।
अहिलेसम्म वडा नं १, २, ३, ४, १७, १८ र १९ को मत परिणाम आइसकेको छ । गणना भइरहेका वडा नं ५ र १६ मा पनि खेलराजको अग्रता देखिएको छ । ‘गणना भइरहेका २ वटा वडाको अन्तिम नतिजा आउँदासम्म करिब ४ हजार मतले अगाडि हुन्छौं,’ कांग्रेस बुटवल नगर सचिव छांया पोखरेलले भने ।
बुटवलमा अब ४४ हजार १ सय ४९ मतको परिणाम आउन बाँकी छ ।
प्रतिक्रिया 4