
३ जेठ, रामेछाप । रामेछापको गोकुलगंगा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ ।
अध्यक्षमा कांग्रेसका काजीबहादुर खड्का र उपाध्यक्षमा उषादेवी कार्की निर्वाचित भएका हुन् ।
कांग्रेसका खड्काले ६ हजार ९३ मत ल्याएर अध्यक्ष जित्दा उनका निकटतम् प्रतिद्वन्दी नेकपा एमालेका खड्गबहादुर सुनुवारले ४ हजार ७१० मत ल्याए ।
उपाध्यक्षमा कांग्रेसकी कार्कीले ५ हजार २ सय ५३ मत ल्याएर जित्दा उनका प्रतिद्वन्द्वी एमालेकी राधिका श्रेष्ठले ४ हजार ६ सय ८६ मत प्राप्त गरिन् ।
२०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकुलगंगा गाउँपालिकामा एमालेबाट खड्ग सुनुवार र राधिका श्रेष्ठ निर्वाचित भएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4