+
+

फिल्म प्रिमियरमा भाग लिन सुरक्षा पन्त आज कान्सतर्फ प्रस्थान गर्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते ११:३३

काठमाडौं । प्रतिष्ठित कान्स फिल्म फेस्टिभलमा अभिनेत्री सुरक्षा पन्त सहभागि हुने भएकी छन् । आफू अभिनित फिल्म ‘द एइठ् माउन्टेन्स’को प्रिमियरमा भाग लिन उनी आजै पेरिसतर्फ प्रस्थान गर्न लागेकी हुन् ।

दिउँसो २ बजे उनी फ्रान्सतर्फ प्रस्थान गर्ने कार्यक्रम छ । इटाली, बेल्जियम र फ्रान्सको संयुक्त लगानीमा निर्माण भएको सो फिल्ममा सुरक्षाले पनि अभिनय गरेकी छन् ।

नेपाली समयानुसार बुधबार बेलुका कान्समा उक्त फिल्म प्रिमियर हुने तालिका छ । कोरोना महामारीले अघिल्ला दुई वर्ष रोकिएको फेस्टिभल आजदेखि फ्रान्समा सुरु हुँदैछ ।

बेल्जियमका दुई निर्देशकहरु फेलिक्स भान ग्रोनिन्जेन र चार्लोटी भान्डरर्मिस्चद्वारा निर्देशित सो फिल्मलाई इटाली र नेपालमा छायांकन गरिएको हो । नेपाली हिमालयमा फिल्म छायांकन गरिएको छ ।

पाओलो कोग्नेटी लिखित सोही नामको इटालेली उपन्यासमा आधारित सो फिल्मले मित्रताको कथा पेश गर्छ । फिल्मले इटालीका दुई युवाको तीन दशकको मित्रता र समय चित्रण गर्छ ।

कान्समा अभिनेत्री पन्तले प्रिमियर, प्रेसमिट, फोटोसुट लगायतका समारोहमा भाग लिने जनाएकी छिन् ।

यसपटकको कान्समा पहिलोपटक नेपाली फिल्मले पनि औपचारिकरुपमा भाग लिएको छ । अविनाशविक्रम शाह निर्देशित छोटो फिल्म ‘लोरी’ पाम दे ओरको प्रतिस्पर्धामा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?