+
+

प्युठानको नौबहिनीको अध्यक्ष र उपाध्यक्षमा एमाले विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ३ गते १३:२८

२ जेठ, प्युठान । प्युठानको नौबहिनी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका डिलबहादुर थापा निर्वाचित भएका छन् ।

कांग्रेसका उम्मेदवार शिवराज रिजाललाई ८५० मतान्तरले पछि पार्दै थापा अध्यक्षमा निर्वाचित भएका हुन् । थापाले ६४८५ मत पाउँदा कांग्रेसका रिजालले ५६३५ मत पाए ।

यस्तै, उपाध्यक्षमा पनि एमालेका बिष्णा थापा निर्वाचित भएकी छिन् । थापा ६२६३ मतसहित उपाध्यक्षमा निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका घनबहादुर बुढाले ५६०५ मत पाए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?