
३ जेठ, बारा । बाराको फेटा गाउँपालिकामा विवेकशील साझा पार्टीले वडाध्यक्ष जितेको छ । वडा नम्बर ६ को वडाध्यक्षमा अमीर हमजा ठकुराई ५९१ मत ल्याउँदै निर्वाचित भएका हुन् ।
उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जाकिर हुसेन मियाले ४५७ मत पाएका छन् ।
फेटाको अध्यक्षमै विवेकशील साझाका रुस्तम अन्सारीले अग्रता लिएका छन् । उनले २ हजार २५८ मत पाउँदा लोकतान्त्रिक समाजवादी पार्टीका मदनप्रसाद साह कानूले १ हजार ४६६ मत पाएका छन् भने जनता समाजवादी पार्टीका रामएकवाल प्रसाद तेलीले १ हजार ९९ मत पाएका छन् ।
फेटामा १, २, ६ र ७ नम्बर वडाको परिणाम आइसकेको छ भने वडा नम्बर ३,४ र ५ को गणना गर्न बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4