+
+

झापाको हल्दिबारीमा राप्रपा विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १:१९

४ जेठ, काठमाडौं । झापाको हल्दिबारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार निर्वाचित भएका छन् । अध्यक्षमा रवीन्द्र लिङ्देन र उपाध्यक्षमा लक्ष्मी मैनाली निर्वाचित भएका हुन् ।

लिङ्देनले ६ हजार ८५६ मत ल्याए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका डम्बर गिरीले चार हजार ६६६ मत ल्याएका छन् । त्यस्तै नेपाली कांग्रेसका तुलसीप्रसाद ओलीले दुई हजार ७५८ र नेकपा माओवादी केन्द्रका भवानीप्रसाद दंगालले एक हजार १४९ मत पाएका छन् ।

उपाध्यक्षमा राप्रपा उम्मेदवार मैनालीले पाँच हजार ७८ पाइन् भने निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी शान्तादेवी गौतमले चार हजार १०६ मत पाइन् । त्यस्तै स्वतन्त्र उम्मेदवार लखन हेमरमले तीन हजार ७००, नेकपा माओवादी केन्द्रकी टीकादेवी राउतले  एक हजार ४५३ मत ल्याइन् ।

हल्दीबारी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनको गृहपालिका पनि हो । यहाँका पाँचवटा वडामध्ये राप्रपाले दुईवटा, नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले एक-एक वटाको अध्यक्ष पद जितेका छन् । राप्रपा अध्यक्ष लिङ्देनको घर रहेको वडा नम्बर १ राप्रपाले नै जितेको छ ।

यो जितसंगै राप्रपाले दुई वटा स्थानीय तहको नेतृत्व जितेको छ । यसअघि काठमाडौंको शंखरापुर नगरपालिकाको मेयरमा राप्रपा उम्मेदवार रमेश नापित निर्वाचित भएका छन् । शंखरापुरका तीनवटा वडाको अध्यक्ष पनि राप्रपा उम्मेदवार निर्वाचित भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?