
४ जेठ, झापा । झापाको कन्काई नगरपालिकाको मेयरमा नेकपा एमालेका राजेन्द्र कुमार पोखरेल विजयी भएका छन् । उनले निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रुद्रप्रसाद चिमरियालाई २ हजार १२ मत अन्तरले हराए ।
पोखरेलले ८ हजार ६७३ मत पाउँदा चिमरियाको पक्षमा ६ हजार ६६१ मत पर्यो ।
नगर प्रमुख पदका अर्का प्रत्यासी स्वतन्त्र उम्मेदवार शेरबहादुर थापाले ५ हजार ६९१ र राप्रपाका श्याम सुन्दर ओलीले २ हजार २०५ मत पाएका छन् ।
यसैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी आशा सिवाकोटी विजयी भइन् । उनले १० हजार ७१३ मत पाइन् । उनको निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जु प्रसाईले ८ हजार ८४५ मत पाएकी छन् । राप्रपाकी साचित्रा खनालले १ हजार ६९५ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4