 
																			४ जेठ, दैलेख । दैलेखको दुल्लु नगरपालिकाको मेयरमा नेपाली कांग्रेस र उपमेयरमा एमाले विजयी भएको छ ।
मेयरमा कांग्रेसका भरतप्रसाद रिजाल विजयी भएका छन् । उनले ७७२५ मत पाएका छन् । उनका प्रतिस्पर्धी एमालेका रुद्रबहादुर शाहीले ७५९२ मत पाए ।
मेयरमा स्वतन्त्र उम्मेदवार ओमबहादुर कार्कीले २१८, एकीकृत समाजवादीका पवन खनालले १७६, नेपाल मजदुर किसान पार्टीकी लक्ष्मीकुमारी विकले १४४ र राप्रपाका गणेशप्रसाद उपाध्इयले ११६ मत पाएका छन् ।
यस्तै उपमेयरमा भने एमालेकी विना कार्की विजयी भएकी छन् । उनले ७१६० मत पाइन् । उनकी प्रतिस्पर्धी माओवादी केन्द्रका टेकबहादुर खड्काले ७०८७ मत ल्याए ।
उपमेयरमा स्वतन्त्र उम्मेदवार पूर्णबहादुर थापाले २४४, एकीकृत समाजवादीका खजुरा सुजीले १९३, नेपाल मजदुर किसान पार्टीका बसन्ता दहालले १७० र राप्रपाका नन्दकला योगीले ११३ मत पाए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4