+
+

सर्लाही हरिपूर्वाको मेयर र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते ८:००

४ जेठ, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् ।

मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा नेपाली कांग्रेसका उम्मेदवार विनोद कुमार साह तेली विजयी भएका हुन् । साहले ५ हजार ९९ मत प्राप्त गरे ।

उनका निकटतम प्रतिस्पर्धीमा जनता समाजवादी पार्टीका योगनारायण राय १ हजार ६०६ मत अन्तरले पराजित हुन पुगे । उनले ३ हजार ४९३ मत मात्र प्राप्त गरे ।

यस्तै उपमेयर पदमा पनि नेपाली कांगे्रसकी सुमित्रा देवी ग्वारनी ४ हजार ३९१ मतसहित विजयी भएकी छन् । उनको निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टीकी सुनिता देवी यादवले ३ हजार ४०० मत प्राप्त गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?