+
+

वीरगञ्जमा ६ हजार मत अन्तरले राजेशमान अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १०:१४

४ जेठ, वीरगञ्ज । वीरगञ्ज महानगरपालिकामा जनता समाजवादी पार्टीका मेयर उम्मेदवार राजेशमान सिंहले ६ हजारभन्दा बढी मत अन्तरले अग्रता लिएका छन् ।

१० वटा वडाका २३ हजार २२९ मत गणना सकिंदा राजेशमानले ११ हजार ९९५ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका विजय कुमार सरावगीले ५ हजार ६३५ मत पाएका छन् । राप्रपाका गिरीश गिरीले ४५९ मत पाए ।

उपमेयर पदमा नेपाली कांग्रेसका उम्मेदवार इम्तियार आलमले ८ हजार ४२२ मतसहित अग्रता कायम राखेका छन् । उपमेयर पदका अर्का प्रत्यासी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का पुरुषोत्तमलाल झाले १ हजार ४०७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार रम्भा मिश्राले ९७१ र राप्रपाकी विना जयसवालले ७६० मत पाएका छन् ।

हालसम्म वडा नं १, २, ३, ४, ५, ६, २९, ३०, ३१ र ३२ को मतगणना सकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?