+
+

प्रधानमन्त्री र मन्त्रीले नै खुलेआम भ्रष्टाचार गरेको संसदबाट माओवादी नेताको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १४:१८

४ जेठ, काठमाडौं । नेकपा (माओवादी केन्द्रका) स्थायी समिति सदस्य हरिबोल गजुरेलले सरकारका प्रधानमन्त्री र मन्त्रीहरू नै खुलेआम भ्रष्टाचारमा संलग्न भएको आरोप लगाएका छन् ।

बुधबार संसद बैठकमा सम्बोधन गर्दै सांसद गजुरेलले प्रधानमन्त्री र मन्त्रीहरूले नै भ्रष्टाचार गरिरहेको तथ्यहरू आइरहेको जिकिर गरेका हुन् । ‘म एउटा कुरा स्मरण गर्न चाहन्छु । हिजो म सिंहदरबार गएँ । त्यहाँ लेखिएको छ- म भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ भन्ने टाँसिएको छ’ उनले भने, ‘खुलेआम भ्रष्टाचार भइरहेको छ । सरकारका प्रधानमन्त्री, मन्त्रीहरू खुलेआम भ्रष्टाचार गरिरहेका छन् । तथ्यहरु आइरहेका छन् । अब त्यहाँ मजाक छ । साइनबोर्ड टाँसिएका छन् ।’

नेता गजुरेलले भ्रष्टाचार गरेर बस्ने प्रधानमन्त्री र मन्त्रीहरूलाई कठालामा समाउन सक्ने कि नसक्ने भनी प्रश्न गरे । ‘अब यो कसरी हेरेर बस्ने ? सबै हामी टुलुटुलु हेरेर बस्ने ?’ उनले भने, ‘भ्रष्टाचार गर्ने प्रधानमन्त्रीलाई, मन्त्रीलाई हामी कठघरामा समातेर ल्याउन सक्छौं कि सक्दैनौं ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?