+
+

मधेश प्रदेशमा धाँधली भयो : एमाले इन्चार्ज महासेठ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते १९:०९

४ जेठ, जनकपुरधाम । नेकपा एमालेले स्थानीय तह निर्वाचनको क्रममा मधेश प्रदेशमा धाँधली भएको आरोप लगाएका छन् ।

एमालेका प्रदेश इन्चार्ज रघुवीर महासेठले बुधबार जनकपुरधाममा पत्रकार सम्मेलन गर्दै धाँधली गरेर नेपाली कांग्रेस सत्ता कब्जा गर्न खोजिरहेको बताएका छन् ।

‘हामी यस्ता लोेकतन्त्रविरोधी कुकृत्यको घोर भत्र्सना गर्दै विरोध गर्दछौं’ पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘कांग्रेसको गठबन्धन सरकारले अबिलम्ब यस्ता क्रियाकलाप बन्द गर्न र घटना भएका ठाउँमा सत्यतथ्य छानबिन गरी अपराधीमाथि कारवाही गर्न र जनमतको कदर गर्न माग गर्दछौं । अन्यथा कडा कदम चाल्न बाध्य हुनेछौं ।’

पार्टीका सचिवसमेत रहेका महासेठले सिरहाको धनगढीमाई नगरपालिका ३ को बुथमा एमालेले जितेको ठाउँमा पुनः मतगणना गराई २ मतले कांग्रेसलाई जिताएको, महोत्तरीको बर्दिवास ८ को वडाअध्यक्षमा एमालेले जितेको घोषणा गरेको २ घण्टापछि मतदान अधिकृतको मिलोमतोमा माओवादीले जितेको घोषणा गरेको, धनुषाको नगराइन, मिथिला बिहारी, क्षिरेश्वरनाथसहितका ७ ठाउँमा धाँधली भएको महासेठले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?