४ जेठ, काठमाडौं । नुवाकोटको शिवपुरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेस र उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन् ।
अध्यक्षमा कांग्रेसका गोविन्दप्रसाद थपलिया र उपाध्यक्षमा माओवादी केन्द्रका वीरबहादुर तामाङ निर्वाचित भएका हुन् । थपलियाले ४ हजार १८२ मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका पदमबहादुर उप्रेतीले ४ हजार ७३ मत पाएका छन् ।
यस्तै गाउँपालिका उपाध्यक्षमा निर्वाचित तामाङले ४ हजार ५२० मत पाउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसकी इन्दिरा खड्काले ४ हजार ५६ मत पाइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                    
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4