+
+

तनहुँको शुक्लागण्डकीमा कांग्रेसका पण्डित र माओवादीका विक निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ४ गते २०:०८

४ जेठ, तनहुँ । तनहुँको शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा गठबन्धनका तर्फबाट कांग्रेस र उपप्रमुखमा माओवादी केन्द्रले जितेको छ ।

नगरपालिकाको मेयरमा कांग्रेसका कृष्णराज पण्डित र उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर वि.क निर्वाचित भएका हुन् । एमालेका मुक्तिनाथलाई २ हजार ४२३ मतान्तरले हराउँदै पण्डित निर्वाचित भएका हुन् । पण्डितले १२ हजार २६३ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका तिम्सिनाले ९ हजार ८४० मात्र मत पाए ।

त्यस्तै उपप्रमुखमा माओवादी केन्द्रका खुमबहादुर विकले ३०५ को मतान्तरले एमालेकी फूलमाया वाग्लेलाई हराएका हुन् । विकले १० हजार २६२ मत प्राप्त गर्दा एमालेकी वाग्लेले ९ हजार ९५७ मत पाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?