+
+

काठमाडौं महानगर : बालेन १० हजारभन्दा बढी मत अन्तरले अगाडि

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते ९:४३

५ जेठ, काठमाडौं । स्वतन्त्र उम्मेदवार बालेन साहले काठमाडौं महानगर प्रमुखमा १० हजारभन्दा बढी मत अन्तरले अग्रता लिइरहेका छन् ।

बिहीबार बिहान ९ बजेको विवरण अनुसार साहले २१ हजार ६२२ मतसहित अग्रता लिइरहेका छन् । उनलाई एमालेका केशव स्थापितले ११ हजार ३६ मतसहित पछ्याइरहेका छन् ।

सत्ता गठबन्धनबाट उम्मेदवार रहेकी सिर्जना सिंहले १० हजार २६७ मत प्राप्त गरेकी छिन् ।

उपप्रमुखमा नेकपा एमालेकी सुनिता डंगोलले फराकिलो मतले अन्तर बढाइरहेकी छिन् । उनले १९ हजार ९५६ मतसहित अग्रता लिँदा सत्ता गठबन्धनका उम्मेदवार रामेश्वर श्रेष्ठले ६ हजार ३१६ मतसहित पछ्याइरहेका छन् ।

त्यस्तै राप्रपाकी बिनिता मगैयाले ३ हजार ४४९ प्राप्त गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?