+
+

सप्तरीमा जनमत पार्टीको अर्को जित, बलान बिहुलमा खेमचन्द्र यादव निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १०:४५

५ जेठ, राजविराज । सप्तरीमा जनमत पार्टीले अर्को जित हात पारेको छ । पार्टी अध्यक्ष डा. सीके राउतको गृहजिल्ला सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष जनमत पार्टीले जितेको छ । उापध्यक्षमा पनि जनमत पार्टी नै विजयी भएको छ ।

अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् । उनले २ हजार ९९४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २४७ मत प्राप्त गरे ।

उपाध्यक्षमा निर्वाचित रेणुले २ हजार ६९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।

यसअघि जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेको थियो । मेयरमा वीरेन्द्र माझी निर्वाचित भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?