५ जेठ, राजविराज । सप्तरीमा जनमत पार्टीले अर्को जित हात पारेको छ । पार्टी अध्यक्ष डा. सीके राउतको गृहजिल्ला सप्तरीको बलान बिहुल गाउँपालिका अध्यक्ष जनमत पार्टीले जितेको छ । उापध्यक्षमा पनि जनमत पार्टी नै विजयी भएको छ ।
अध्यक्षमा खेमचन्द्र यादव र उपाध्यक्षमा रेणु यादव निर्वाचित भएका छन् । उनले २ हजार ९९४ मत ल्याएका छन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका नवीनकुमार झाले २ हजार २४७ मत प्राप्त गरे ।
उपाध्यक्षमा निर्वाचित रेणुले २ हजार ६९० मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी कांग्रेसकी आशादेवी मण्डलले २ हजार ३०४ मत ल्याइन् ।
यसअघि जनमत पार्टीले हनुमाननगर कंकालिनी नगरपालिकाको मेयर जितेको थियो । मेयरमा वीरेन्द्र माझी निर्वाचित भएका छन् ।
१६५
प्रत्यक्ष सिट
पार्टीहरू
प्रत्यक्ष सिट
0 Seat
समानुपातिक
कुल सिट
▾
0 Seat
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4