+
+

सुनसरीको गढी गाउँपालिकामा एमाले उम्मेदवार निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ५ गते १२:०५

५ जेठ, इटहरी । सुनसरीको गढी गाउँपालिकामा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिकाको अध्यक्षमा आश नारायण चौधरी र उपाध्यक्षमा अनिता शाह निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका महेश दत्तलाई ३ हजार बढी मतले पराजित गर्दै आश नारायण चौधरी निर्वाचित भएका हुन् ।

चौधरीले ८ हजार ९०१ मत ल्याउदा उनका निकटतम प्रतिस्पर्धी दत्तले ५ हजार ३५० मात्र मत पाए ।

यस्तै गाउँपालिकाको उपाध्यक्षमा एमालेकी साहले ७ हजार ८१५ मत पाउँदा कांग्रेसकी राजकुमारी चौधरीले ५ हजार ८३८ मात्र मत पाइन् ।

२०७४ को निर्वाचनमा कांग्रेसका श्रीप्रसाद यादव अध्यक्ष र राजकुमारी चौधरी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?