+
+

पपगायिका रिहानालाई पुत्रलाभ

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १२:२९

काठमाडौं । हलिउड पपस्टार रिहाना र प्रेमी र्‍यापर रकी अभिभावक बनेका छन् । रिहानाले पुत्रलाई जन्म दिएकी छिन् ।

मे १३ मा लस एन्जल्समा रिहानाले शिशुलाई जन्म दिएको हलिउड संचारमाध्यमले जनाएका छन् । र्‍यापर रिकी रिहानाका प्रेमी हुन् । यी दुवै चाँडै बिहे बन्धनमा बाँधिने जनाइएको छ ।

लामो समयदेखि उनीहरु डेट गरिरहेका थिए । तर, दुबैले सन् २०२१ मा सम्बन्धबारे सार्वजनिक गरेका थिए । पिपल म्यागजिनका अनुसार अहिले रिहाना र रकी बच्चासँग लस एन्जल्सस्थित घरमा छन् ।

रिहानाको स्वास्थ्य पूर्णरुपमा ठीक रहेको र अभिभावक बनेपछि दुवैजना खुसी रहेको समेत म्यागजिनले उल्लेख गरेको छ । प्रेग्नेन्सीको खबरको केही समयमै रकीलाई रिहानाबाट चिट गरेको आरोप समेत लागेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?