+
+

एन्फा अध्यक्षमा पंकज नेम्वाङको उम्मेदवारी घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १३:५८

६ जेठ, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले आगामी असार ६ गते हुने निर्वाचनका लागि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

शुकबार ललितपुरको एक होटलमा पत्रकार सम्मेलन गरी नेम्वाङले अध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् । पंकजकै टिमबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले उम्मेदवारी घोषणा गरेका छन् ।

नेम्वाङले एन्फामा भएको आर्थिक अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आफूहरुले उम्मेदवारी घोषणा गरेको बताए । उनले नेपाली फुबललाई अगाडि बढाउन जिल्ला फुटबल संघ र फुटबल क्लबहरुको सरसल्लाहमा उम्मेदवारी घोषणा गरेको पनि बताए ।

एन्फा कार्यसमिति सदस्य किरण राईले नेम्वाङको समूहलाई सहयोग  रहने बताए । ‘फुटबलमा राम्रो भएन । राम्रो गर्नुपर्छ भनेर नेपाली फुटबल बचाउनुपर्छ भनेर टिम बनाएर अघि बढेका छौं । यसमा हाम्रो कुनै स्वार्थ छैन’ राईले भने ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?