+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

गौरीगंगा नगरपालिकाको मेयरमा माओवादी र उपमेयरमा कांग्रेस विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:५०

६ जेठ, धनगढी । कैलालीको गौरीगंगा नगरपालिकाको मेयरमा माओवादी केन्द्रका देवीदत्त कंडेल निर्वाचित भएका छन् ।

सत्तारुढ गठबन्धनका तर्फबाट माओवादीका उम्‍मेदवार रहेका कंडेल  १३ हजार ७९५ मत ल्याएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका पदमसिंह सिंगालले ६ हजार ६२५ मत ल्याए ।

यस्तै गौरींगाको उपमेयरमा पनि सत्तारुढ गठबन्धनकै साझा उम्मेदवार नेपाली कांग्रेसका भोजबहादुर बम विजयी भएका छन् ।

बमले ११ हजार २८१ मत प्राप्त गरेका छन् भने उनका प्रतिद्धन्द्धी नेकपा एमालेकी शान्तिदेवी सिंहले ६ हजार ७४३ मत ल्याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?