+
+
Shares

सेञ्चुरी बैंक र आईएमई पेबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते १९:५७

काठमाडौं । आईएमई पे र सेञ्चुरी कमर्सिअल बैंकबीच सेवा साझेदारी सम्झौतामा हस्ताक्षर भएको छ । हालै काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौताअनुसार डिजिटल सहजताको निम्ति आईएमई पे मोबाइल वालेट एपमा सेञ्चुरी कमर्सिअल बैंकको खाता लिंक गरी बैंकको वित्तीय सुविधाहरु आईएमई पे एपमा प्रयोग गर्न मिल्ने कम्पनीले प्रष्ट पारेको छ ।

सम्झौता पत्रमा आईएमई पेको तर्फबाट कार्यवाहक प्रमुख कार्यकारी अधिकृत आमोद भट्टराई र सेञ्चुरी कमर्सिअल बैंकको को तर्फबाट प्रमुख व्यापार विकास अधिकारी शंकर केसीले हस्ताक्षर गरेका छन् ।

हालसम्म नेपालको २३ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग सो सम्झौता गरेको आईएमई पेले यस लिंक–अपको विभिन्न फाइदाहरु भएको जनाएको छ ।

आईएमई पेमा बैंक लिंक गरे पश्चात उपभोक्ताले आफ्नो सुविधाअनुसार सेञ्चुरी कमर्सियल बैंकको खातामा आईएमई पे एपबाट निःशुल्क पैसा पठाउन वा सार्न मिल्ने छ ।

उपभोक्ताले सिधै आईएमई पेको पिन नम्बर राखी पैसा पठाउन वा सार्न मिल्ने (बैंक खाताको विवरण नचाहिने) तथा आफ्नो सेञ्चुरी कमर्सियल बैंकको खाताको ब्यालेन्स आईएमई पे एपमा प्रत्यक्ष हेर्न मिल्ने गरी सिस्टम अध्यावधिक गरिएको जनाइएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?